नाग्दी खोला नजिकै पहिरोका खस्दा मुग्लिङ-काठमाडौं सडक अवरुद्ध

डिसी नेपाल
८ भदौ २०८० २०:२१
288
Shares

मुग्लिन । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि मुग्लिङ-काठमाडौं सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *