एमालेको स्थगित सचिवालय बैठक भदौ १३ देखि सुचारु, तत्कालीन मालेको चौथो महाधिवेशन स्थलमा बस्दै

डिसी नेपाल
९ भदौ २०८० १४:३०

सिरहा । खराब मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौ १३ वाट सुरु हुने भएको छ।

आजदेखि चौथों महाधिवेशन स्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका कारण स्थगित भए पछि नयाँ मितिको रुपमा भदौं १३ गते तय गरिएको हो।

धनगढीमाई नगरपालिकास्थित सर्रे अम्बासमा हिजो देखी बैठक सुरु हुँदै थियो। तर, निरन्तर झरी परे पछि सो बैठक अन्तिम समयमा स्थगित गरिएको थियो।

सिरहा एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले १३ गते देखी सो बैठक सुचारु हुनेछ । उनका अनुसार बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला परेको तर निरन्तर झरीका कारण खोलामा बाढी बढेको र तर्न नसकिने अवस्था देखिए पछि बैठक स्थगित गर्नु परेको हो । बैठक सोही स्थानमा नै बस्नेछ ।

सोही ठाउँमा तत्कालीन नेकपा मालेले चौथो महाधिवेसन सम्पन्न गरेको थियो, जहाँवाट मदन भण्डारी पार्टी नेतृत्वमा आएका थिए। मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभुमी तयार भएको सो स्थानमा यसपटक नेकपा एमालेले सचिवालय बैठक राख्ने निधो गरेको थियो । तर, मौसमका कारण अन्तिम समयमा स्थगित गर्नु परेको जनाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *