वाम एकताका लागि केपी ओली बाधक बनेको माधव नेपालको आरोप

डिसी नेपाल
९ भदौ २०८० १६:५३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम एकताका लागि केपी ओली बाधक रहेको आरोप लगाएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकताका लागि पहल गरेपनि केपी ओली बाधक बनेको आरोप लगाएका हुन् ।

उनले तत्कालिन नेकपा विघटन भएपछि पनि आफुले नेकपालाइ पुनः ब्युताउने प्रयास गरेपनि सफल हुन नसकेको बताए । त्यस्तै अध्यक्ष नेपालले केपी ओली कै कारण आफुहरुलाई सुनतस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गरे ।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अब पार्टीले केहि कदम चाल्ने संकेत गरे ।

उनले पार्टीलाई बलियो बनाउन र देशभर संगठन बिस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *