पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन पाइँदैन : प्रधानमन्त्री

डिसी नेपाल
१२ भदौ २०८० ११:३३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने कानुनी व्यवस्था रहेको जनाए। यदि कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे।

परक प्रसंगमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिएका छन्। उनले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताएका हुन्।

साथै, सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *