मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ: प्रधानमन्त्री

डिसी नेपाल
१२ भदौ २०८० १२:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज हुने जानकारी दिएका हुन् ।

साउन महिनाको बाढीले मेलम्ची खानेपानीको हेडकवर्कस बगाएको र मेलम्ची बजारदेखि उक्त स्थानसम्म मुग्ने मार्गमा अवरोध भएको प्रधानमन्त्रीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *