कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास छ : प्रधानमन्त्री

डिसी नेपाल
१२ भदौ २०८० १६:२७
80
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले यस विषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे ।

यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको अन्ख्य सहमति नभएको धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *