सुन तस्करी प्रकरणकाे अनुसन्धानका लागि सिआइबीले खटायो विशेष ब्यूरो
काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको लागि विशेष ब्यूरोलाई सहभागी गराइएको छ ।
प्रहरी प्रधानकार्यालय उच्च स्रोतका अनुसार अनुसन्धानमा पोख्त अधिकृतहरुलाई खटाउनका लागि विशेष ब्यूरोलाई सहभागी गराइएको हो । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई कमाण्डर बनाएर विशेष ब्यूरोका डिआइजी रामदत्त जोशीलाई ल्याइएको हो । साथै अनुसन्धानका लागि काठमाडौं बाहिरबाट दक्ष जनशक्तिलाई सिआइबीमा ल्याइएको छ ।
साथै धनकुटामा रहेका एसपी कृष्णप्रसाद कोइरालालाई ल्याएर तस्करीको भित्री पाटोबारे अनुसन्धान गर्न जिम्मेवारी दिने निर्णय गरिएको छ । कोइराला संगठित अपराध र अन्तरदेशीय अपराधमा पोख्त अधिकृत मानिन्छन् । राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेर आफैँ अनुसन्धान सुरु गरेको थियो । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठको जोडबलमा संगठित अपराध अनुसन्धानमा सीआईबीलाई जिम्मा लगाएपछि अनुसन्धानका लागि अनुसन्धान अधिकृतहरु थप गरिएको हो ।
प्रहरी महानिरीक्षकले करिब ४० दिनपछि अनुसन्धानमा पोख्त अधिकृत समेत खटाएपछि परिणाम आउने प्रहरी प्रधान कार्यालयले अपेक्षा गरेको छ । सिआइबीले अनुसन्धानको जिम्मा साउन २१ मा लिएको थियो । अनुसन्धानको जिम्मा लिएको एक महिना पुग्न लाग्दा अनुसन्धानमा दक्ष अधिकृतहरुलाई सहभागी गराएर अनुसन्धानको दायरा फराकिलो बनाइएको छ ।







डिसी नेपाल







Facebook Comment