पाल्पामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीनको मृत्यु

डिसी नेपाल
१३ भदौ २०८० १०:०५

पाल्पा। पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ।

सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। सो घटनामा परी पाँच जना घाइते भएका छन्।

रिब्दीकोट गाउँपालिका-२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भईरहेको थियो, साेही सडक खण्डमा माथिबाट झरेकाे ढुंगा जीपमा लागेकाे थियाे । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *