चिनियाँ सरकारले नेपालको चुच्चे नक्सा सार्वजनिक नगरेपछि बालेनले गरे भ्रमण रद्द

डिसी नेपाल
१४ भदौ २०८० १४:४३
1.1k
Shares

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन)ले चीन भ्रमण स्थगित गरेका छन् ।

चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा प्रकाशित नगरेरै पुरानै नक्सा देखाइएको भन्दै उनले भ्रमण रद्ध गरेको बताएका छन् ।

बिहीबार पाँच दिने चीन भ्रमणको तयारीमा रहेका उनले नेपालको चुच्चे नक्सा चीनले नदेखाएर पुरानै नक्सा सार्वजनिक गरेपछि अन्तिम समयमा आफ्नो भ्रमण रद्द गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा भ्रमण रद्द गरिएको जनाउँदै नेपालको नयाँ चुच्चे नक्सा नदेखाएर चीनले नेपाली भूमि भारतको देखाउनु नेपाली संवेदनशीलतामाथि चीनले चालेको गलत कदम मान्दै नैतिकताको आधारमा भ्रमण रद्द गरेको बताएका छन् ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ।,’उनले लेखेका छन्, ‘त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *