टि्वटरमा छिट्टै अडियो–भिडियो कल सुविधा सुरु हुने एलन मस्कको घोषणा
काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन् ।
उनले यो नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए ।
उनले लेखेका छन्, “एक्समा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदैछ। यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ।”
यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन। एक्स यी कलहरूको लागि विश्वव्यापी ठेगाना पुस्तिका हुनेछ। यो यस सुविधाको बारेमा सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ।
यद्यपि, यो सुविधा पहिले नै व्हाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ।
ट्वीटरमा भिडियो तथा अडियो कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएको छैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment