समाजवादी मोर्चाको गण्डकी स्तरीय प्रदेशसभा आज

डिसी नेपाल
१५ भदौ २०८० ६:४५
28
Shares

पोखरा। आज समाजवादी मोर्चा नेपालले पोखरामा सन्देश सभा आयोजना गर्दैछ।

देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले गण्डकीमा पनि प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्न लागेको हो।

पोखरास्थित दिपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सो सभालाई सम्बोधन गर्नेछन्।

हिजो मात्रै मोर्चाले सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो भने बुधवार गर्ने भनिएको धनगढीको सुदुरपश्चिम स्तरीय सभा भने अन्तिम समयमा आएर स्थगित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *