आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटः नेपालसँग बहराइन १० विकेटले पराजित

डिसी नेपाल
१५ भदौ २०८० १४:०१
700
Shares

काठमाडौं। महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले बहराइनलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको हो ।

शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा अलआउट हुँदै दिएको ३१ रनको लक्ष्य नेपालले विनाविकेटको क्षतिमा २.५ ओभरमा भेट्टाएको हो ।

नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *