एमसीसीको व्याख्यात्मक घोषणा दलहरुको लाज ढाक्ने ठाँउ मात्रै हो : नेता खनाल

डिसी नेपाल
१५ भदौ २०८० १७:३९
52
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा कुनै पनि राष्ट्रहित बिपरितको सर्तहरु मान्य बताएका छन् ।

शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्ला रुपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर एमसीसीका नाममा देशको स्वाभिमान, स्वतन्त्रताविरुद्ध कुनै सर्तहरु मान्य नहुने बताएका हुन् । उनले एमसीसी सम्झौतामा दर्जनौँ असमान सर्तहरु रहेको जिकिर गरे । एमसीसीको व्याख्यात्मक घोषणा दलहरुको लाज ढाक्ने ठाँउ मात्रै रहेको र यसको कुनै कानूनी हैसियत नरहेको उनको भनाइ छ ।

त्यस्तै खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाएको तर्क गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *