नेपालका राष्ट्रनिर्माता विश्वका बडानेता

खगेन्द्रराज सिटौला
१७ भदौ २०८० ८:१०

नेतृत्व क्षमता, दूरदर्शी, कालजयी विचार, योगदान, काम र परिणामको हिसाबले मूल्यांकन गर्दा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नेपालका सबै नेताका पनि नेता प्रमाणित हुन्छन्।

त्यस्तै पृथ्वीनारायण शाहले अघि सारेका विचार नेपाली नेताका विचारका माउविचार ठहर्छन्। नेपालका सबै नेता र नेताहरुले अघि सारेका विचार दुवैमा उनी र उनका विचार ज्येष्ठ र श्रेष्ठ ठहर्ने हुनाले उनलाई र उनका विचारलाई ज्येष्ठ नेताका श्रेष्ठ विचार मान्दा अत्युक्ति हुँदैन।

त्यसैले विना हिचकिचाहट, संकीर्णता र पूर्वाग्रहबाट मुक्त भएर राज्यले राष्ट्रिय सहमतिको साथ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सगौरव बडानेता स्वीकार्दै बडानेताको बडाविचारलाई राष्ट्रिय एकता र समृद्धिको मूल आधार मान्नु पर्दछ। पृथ्वीविचारलाई राष्ट्रिय सहमतिको मूल नीतिविचार बनाउने निर्णयमा सबै नेता र पार्टी पुग्नु पर्दछ।

राष्ट्रिय सहमतिको मूल राष्ट्रियविचार पृथ्वीविचारको फराकिलो स्वदेशवादी लोकतान्त्रिक राजमार्गबाट मुलुकलाई अघि बढाउनु पर्दछ। यो बडा नेताको बडा विचारलाई प्रचार गर्न र स्थापित गर्न सबै नेपाली जनताका पङ्क्ति, नेता, लेखक र खास गरी सञ्चार जगत जिम्मेदारी, इमान्दारी र सक्रियतापूर्वक लाग्नु पर्दछ। किनभने यो विशाल नेपालको जगसँगै विशाल संभावना बोकेर उदाएको नेपाली विशेषताको मौलिक नेपाली विचार हो।

हाम्रा दुवैतिरका विशाल छिमेकी मुलुक भारत र चीन लगायत सार्कका प्रायः सबै मुलुक मात्र होइन कि विश्वको एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको समेत छातिमा बेलायती याने अंग्रेज उपनिवेशवादीले लेफ्ट–राइट खेलेका बुटका छाप छन्।

तर, त्यही अंग्रेज शक्तिको शिरमा पृथ्वीनारायण शाहले नेतृत्व र निर्देशन दिएका बहादुर देशभक्त गोर्खाली (नेपाली) योद्धाले प्रहार गरेको खुकुरीको ऐतिहासिक डोब छ।

त्यही वीर नेपालीको खुकुरीले लगाइदिएको ऐतिहासिक डोब नेपालीसँग पराजित र लज्जित निसानीको रुपमा बोकिरहन एकताकाको कहिल्यै घाम नअस्ताउने बृटिश साम्राज्य बाध्य छ।

सिन्धुलीका बोट विरुवा ढुंगा माटो सधैं पृथ्वीनारायण कालिन नेपाली सौर्यको साक्षी बनेर बकिरहन्छन् सधैं। यसले पनि पुष्टि हुन्छ बडो शक्तिलाई पराजित गर्ने पृथ्वीनारायण शाह स्वाभाविक रुपमा बडानेता ठहर्छन्।

पृथ्वीनारायणले कुशलता र सफलतापूर्वक प्रयोग र विकसित गरेको छापामार युद्ध शैली पछि चीनका बडानेता माओलगायत अन्य धेरै मुलकुका नेताले अनेक नामका मुक्ति आन्दोलन वा युद्धमा सफलतापूर्वक अनुसरण र प्रयोग गरेको दृष्टान्तले पनि पृथ्वीनारायण शाह बडानेता पुष्टि हुन्छन् युद्ध कौशल र युद्ध रणनीतिका हिसावले पनि।

‘सबै जातको फूलवारी’, बहुमत जनताको समर्थन प्राप्त योग्यले शासन चलाउनु, जनता बलियो भए राज्य बलियो हुने मान्यता, जाइकटक नगर्नु, झिकी कटक गर्नु, घूस लिने दिने दुवैको सम्पत्ति जफत गर्नु र ज्यान सजायसम्मको कानुन बनाउनु, राज्यले अन्याय हुन नदिनु, कृषियोग्य जमिन वस्तीलढाक्नु, जडीबुटी, बन, जंगल, सीप, आय आम्दानी आदि उनका सर्वकालिन विचार सबै मुलुक र सबै मानिसका लागि सधैँ उपयोगी छन्।

यी विश्वस्तरका विचार हुन्। तसर्थ नेपालका बडानेताका विचार संयुक्त राष्ट्रसंघको बडापत्रमा रहने हैसियतका भएकाले स्वाभाविक रुपमा उनका विचार बडाविचार ठहर्छन्।

सानो, कमजोर, कान्छो र गरिब गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले अरु बलिया राज्यलाई पुन जोडेर बलियो नेपाल खडा गरे। मिरकासिम र अंग्रेज जस्ता बलिया शक्तिको आक्रमणलाई समेत परास्त गर्दै बलियो एकीकृत नेपाल निर्माण गर्नु र टिकाउनु आफैंमा बडो काम थियो।

अझ गोर्खाले जितेर त्यो जितलाई विशाल नेपालमा समर्पण र विलय आफैंमा विशाल मनका विशाल नेताको दृष्टान्त हो। त्यसैले सगौरपव घोषणा गरौँ पृथ्वीनारायण बडानेता हुन्, पृथ्वीविचार बडोविचार हो।

तसर्थ विचार, योगदान र कामका बडा नेता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको लागि, नेपालको र नेपालीका गौरबको लागि राष्ट्रिय एकता र स्वतन्त्रताको सुदृढीकरणको लागि नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्ने निर्णय गर्नु र लागू गर्नुपर्दछ।

नोटमा बडा नेताको महान उक्ति ‘नेपाल सबै नेपालीको साझा फूलवारी हो’ लेखिनुपर्छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई उपेक्षा गर्ने जो कोही पनि सच्चा देशभक्त नेपाली ठहर्दैन्।

बडानेता पृथ्वीनारायण शाह नेपाल राष्ट्रनिर्माता मात्र होइनन् लोकतन्त्रको आधार निर्माता पनि हुन्। उनले आपूmले चाहेका विराज वखतीलाई काजी बनाएनन्। बहुमत जनताले चाहेका कालु पाण्डेलाई काजी बनाएर राजा वा नेताको होइन, जनताको लोकतन्त्र तेसैबेला सुरु गरिसकेका थिए।

प्रधानमन्त्री हुने योग्यताका आधार पनि दिएका थिए पृथ्वीनारायणले। बहुमतको समर्थन प्राप्त वौद्धिक र छिमेकीलाई प्रभाव पार्न सक्ने कुटनीति क्षमता भएको समेत व्यक्ति। नेपाली लोकतन्त्र नायकलाई किन बडानेता नभन्ने?

अमेरिकाको अङ्ग्रेज खेदोको स्वतन्त्रता संग्राम नेपालका पृथ्वीनारायणको अङग्रेज खेदोको अमेरिकी संस्करण हो। गहिरिएर खोजेको खण्डमा भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धीले चलाएको चर्खा आन्दोलन पृथ्वीविचारको स्वदेशवादी विचारले निर्देशित छ। गान्धीको भारत छोडो आन्दोलन पृथ्वीनारायणको अंग्रेज खेदोको भारतीय संस्करण होइन र?

त्यस्तै चीनमा माओको राष्ट्रिय पूँजीपतिको संरक्षण गरौं भन्ने विचार पनि पृथ्वीनारायणको स्वदेशवादी आर्थिक नीतिले निर्देशित छ। उनको जापानी खेदो पनि पृथ्वीनारायण कै अंग्रेज खेदौको चिनिया संस्करण होइन र?

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य संगठनले बडानेता पृथ्वीनारायण शाहको कृषियोग्य जमिन वस्तीले नढाकलाई कडा रुपमा विश्वव्यापी अभियान नचलाएमा केही दशकमा नै विश्वमा अनिकालको महामारी हुनेछ। यति दूरदर्शी नेतालाई बडानेता घोषणा गर्न केको आपत्ति?

ससारभरि रंगभेद विरोधी होस् या जातीय समानताका आन्दोलन अथवा लैंगिक समानताका आन्दोलन वा वर्गीय मुक्तिका आन्दोलन ति सबै आन्दोलनको वैचारिक नेता पृथ्वीविचार हुन्छ।

त्यहाँ सबै जातको फूलवारी छाएको हुन्छ। ‘अन्याय हुन नदिनू’ उदाएको हुन्छ। के नेल्सन मण्डेलाहरु, माक्र्स, माओहरु, लिंकनहरु सबै “सबैको फूलबारीको लागि लडेका होइनन र?”

संसार भरका सबै भ्रष्टाचार विरोधी आवाज र आन्दोलन “घूस दिन्या र लिन्या दुबैको धन जीव लियाको पनि पाप छैन, यी राज्यका शत्रु हुन्” भन्ने भ्रष्ट र भ्रष्टाचार विरोधी पृथ्वीविचारको झण्डा बोकेर कुदेका होइनन् र?

आक्रमण गर्न नपाइने, आक्रमणकारीलाई धपाउन पाइने पृथ्वीविचारको अनाक्रमक परराष्ट्र नीति सर्वस्वीकार्य विश्व नीति होइन र?
पृथ्वीविचारलाई जान्न र छान्न जान्नु पर्छ । सबै समस्याको समाधान त्यहीँ फेला पर्दछ।

जनता बलियो भए राज्य, केन्द्र आफैं बलियो हुन्छ भन्ने पृथ्वीविचार साँच्चै बडानेताको बडोविचार होइन र ? आफ्ना नेपाली नेताको विचारको झण्डा उठाएर नेपाललाई विचारको नेता बनाउनु पर्दछ।

नेपाललाई विचारको नेता बनाउन पृथ्वीनारायण शाहलाई बडानेता घोषणा गर्नु पर्दछ। बडानेताको बडाविचार, राष्ट्रिय एकता र समृद्धिको आधार मानेर साझा राष्ट्रिय बडापत्र निकाल्नु पर्दछ। राष्ट्रिय वडापत्र साझा राष्ट्रिय घोषणापत्र हुनेछ। राष्ट्रिय चिन्तनधारको पृथ्वीविचार राष्ट्रिय एकता, समानता र समृद्धिको आधार हुनेछ। बडानेता घोषणा गर, बलियो नेपालको आधार तयार गर।

भ्रम नहोस पृथ्वीनारायण शाह पुष २७ को न औपचारिकताको पात्र हो न उपेक्षाको नै। बरु यो त राष्ट्रिय स्वधिनता, एकता र समृद्धिको लागि सधैं आजको ताजा विचार हो। विचारको शक्ति हो नेपालको शक्ति हो। नेपालको शक्ति भएर नै त दक्षिण एसियामा त्यसताकाको विश्व शक्ति अंग्रज शक्तिलाई पराजित गर्ने नेपाल मात्र भएको छ। पृथ्वीनाारायणले नेतृत्व गरेको नेपाल मात्र भएको छ।

थितिबाट मुलुक चलाउन चाहने पृथ्वीनारायणको तेसबोलाको विचार अहिलेको मुलुकमा संविधान बनाएर कानुनी राज्यको प्रत्याभूति दिने विचार हो। आज यसलाई ठिक ढंगले बुभ्mन नसक्ने वा बुझ पचाउनेहरु नियतवस अराजकतालाई बढावा दिइरहेका छन्।

अर्कोतिर उनको सबैजातको फूलबारीलाई सबैजातको गमलाबारी बनाएर चकानाचुर बनाउने षडयन्त्र गर्दैछन्। यी नेपाललाई हराउने तत्वहरु हुन । यस्ता तत्वहरुको षड्यन्त्रलाई हराएर केवल नेपाललाई जिताउन बडानेता एवं राष्ट्रनिर्माताका बडाविचारको वरिपरी सबै नेपाली जनता गोलबन्द बनौं।

नेपाल जोगाउने र जगाउने राष्ट्रिय चिन्तनधारको पृथ्वीविचार राष्ट्रिय सहमतिको मूल आधार बन्दै सुखी,समृद्ध,एकतावद्ध बलियो नेपालको प्रत्याभूत गर्ने एकमात्र साझा राष्ट्रिय विचार हनसक्छ भन्ने सबैमा चेतना भया। नेपालका राष्ट्रनिर्माता विश्वका बडा नेता।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *