जुम्लाबाट मुगुतर्फ आउँदै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु

डिसी नेपाल
१७ भदौ २०८० ११:३९

मुगु। कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ।

नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो। बिहान ६ बजेतिर मुगुतर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। कार्यालयका अनुसार दुर्घटना परी मुगुका दुई जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

उनका अनुसार घटनास्थलमै चालक र सहचालक दुवैको मृत्यु भएको छ भने मृतकको पहिचान भने नखुलेको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *