एमाले लुम्बिनीको अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी
बुटवल। नेकपा(एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन्।
एमाले लुम्बिनी प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा आइतबार हरि रिजाल र राधाकृष्ण कँडेल दुबै जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा वलीले उद्घाटन गरेको प्रथम अधिवेशनको जारी बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिएपनि दुबैले दाबी नछाड्दा निर्वाचन हुन लागेको हो ।
हाल लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाल्पाका कँडेलले पुनःएक पूर्ण कार्यकाल अध्यक्ष हुने दाबी गरेपछि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको बताइएको छ।
अर्का अध्यक्षका दाबेदार एमाले केन्द्रीय सदस्य रहेका रिजाल गत निर्वाचनमा प्रदेशसभामा प्यूठानबाट पराजित भएका हुन्।
एमाले लुम्बिनीमा रिजाललाई महासचिव शंकर पोखरेल र कँडेललाई उपाध्यक्ष विष्णु पौडेल निकट भनेर चित्रित गरिन्छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment