शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगाेमा पुर्‍याउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री

डिसी नेपाल
१८ भदौ २०८० १३:०६

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको आदेश र पीडितहरुलाई न्यायहुने गरी शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगाेमा पुर्‍याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपालमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री दाहालले पीडितहरूलाई परिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लंघनका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रियालाई टुंगाेमा पुर्‍याउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

नयाँ संविधान आफैंमा शान्ति सम्झौताको उपज भएको भन्दै प्रधानमन्त्री दाहालले संविधानमा उल्लेख संवैधानिक प्रतिबद्धता जनआन्दोलन र जनयुद्धका कारण मात्र सम्भव भएको बताए।

पीडितलगायत सम्बन्धित सरोकारवालासँग परामर्श गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरुलाई समयसापेक्ष अघि बढाएको र संसदीय समितिबाट नै यसमा देखिएका जटिलताहरु समाधान हुने उनले दावी गरे।

त्यस्तै प्रधानमन्त्री दाहालले सवै पक्षलाई न्याय दिँदै संक्रमणकालीन न्यायसँग सम्बन्धित बिषयलाई निष्कर्षमा पुर्‍याउन पीडित, नागरिक समाज, राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलगायत समाजका सबै क्षेत्रबाट बलियो सहयोग आवश्यक रहेको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *