बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’
काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ ।
पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment