नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किँदै

डिसी नेपाल
२० भदौ २०८० ६:३७

काठमाडौं। एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्कँदैछ। विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२ः३० बजे स्वदेश फर्किन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सो टोलीको भब्य स्वागत गरिने छ। समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैंमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *