वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ।
सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
उनलाई उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि रिजाललाई गत भदौ १७ गते अस्पताल लगिएको थियो।



















No ads found for this position
प्रतिक्रिया


Facebook Comment