अमेरिका राष्ट्रपति भारत प्रस्थान, आजै नयाँ दिल्ली पुग्ने

डिसी नेपाल
२२ भदौ २०८० ८:५४
136
Shares

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकावाट प्रस्थान गरेका छन्। जी-२० शिखर सम्मेलनका लागि जो बाइडेन शुक्रबार भारत पुग्नेछन्।

भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। ह्वाइट हाउसबाट जारी गरिएको बिज्ञप्ति अनुसार उनी जर्मनी, भारत र भियतनामको तीन दिने भ्रमण कार्यक्रम अनुसार देश बाहिर निस्केका हुन तर उनी अधिकांश समय भारतमै रहनेछन्।

जो बाइडेन प्रस्थान गर्नु अघि ह्वाइट हाउसले भन्यो कि बिडेनमा कोरोना नेगेटिभ देखिएको थियो। जी २० शिखर सम्मेलनको लागि भारत भ्रमणमा रहदाँ रोग नियन्त्रण र रोकथाम केन्द्रको कोभिड १९ को दिशानिर्देशहरू पालना गर्नेछन्।

उल्लेखनीय कुरा के छ भने भारत प्रस्थान गर्नुभन्दा एक घण्टाअघि राष्ट्रपतिको अर्को कोभिड परीक्षण नेगेटिभ आएको थियो। अमेरिकाकी प्रथम महिला भर्खरै कोरोना संक्रमित भेटिएकी थिइन् । तर, आज उनको रिपोर्ट पनि नेगेटिभ आएको छ।

ह्वाइट हाउसले भने कि अमेरिका छोडेपछि बाइडेन शुक्रबार जर्मनीको रामस्टेमा रोकिने छन्। साँझ नयाँ दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । शनिबार औपचारिक स्वागत पछि बाइडेन जी २० एक पृथ्वीको पहिलो सत्र र अर्को सत्र एक परिवारमा पनि उपस्थित हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *