कविता : कल्पनामा तिमीलाई
सगाँलेर आफैंलाई
भाग्यमा बेचिदिन्छु
बचाँएर आफैंलाई
जीवनमा बेचिदिन्छु
कल्पनामा तिमीलाई
आफैंसँग राखिरहन्छु।
हरायौ कि तिमी कतै
आफैसँग खोजिरहन्छु
झुल्किन्छौ तिमी साँझ क्षितिजभरि कुरिरहन्छु
सजायौ कि आफैंलाई
आकाशभरि खोजिरहन्छु
कल्पनामा तिमीलाई
आफैसँग राखिरहन्छु।
कल्पनामा तिम्रो भेटलाई
मुटुभित्र सजाइरहन्छु
सपनाको लुकामारीलाई
आफैं भित्र लुकाइरहन्छु
तिमीसँग बिताएका ती
मिठा सपनाका पलहरु
आफैं भित्र सजाउनेछु
कल्पनामा तिमीलाई
आफैसँग राखिरहन्छु।
कल्पेर तिमीलाई
सपनामा बेचिदिन्छु
मिठा ती शब्दहरू
कवितामा छरिदिन्छु
तिमीले गरेका साउतीलाई
गोधुली साँझमा गाइदिन्छु
कल्पनामा तिमीलाई
आफैसँग राखिरहन्छु।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment