अनाक्रामक विदेश नीतिको आधार पृथ्वीविचार

खगेन्द्रराज सिटौला
२४ भदौ २०८० ८:२६

पृथ्वीविचार विश्वमा युद्ध भड्किन नदिने शान्तिको बलियो वैचारिक अश्त्र हो। पृथ्वीविचारले निर्देशन गरेको विदेश नीतिलाई हरेक राष्ट्रले इमान्दारी पूर्वक पालन गर्ने हो भने विश्वमा कहीँ पनि युद्ध भड्किन पाउँदैन।

जाइकटक नगर्नु, झिकिकटक गर्नु भन्ने पृथ्वीनारायण शाहले नेपालले छिमेकप्रति लिनु पर्ने निर्देशनात्मक नीति विचार नै विश्वस्तरको अनाक्रामण परराष्ट्र सिद्धान्त हो। यो निर्देशन विचार नेपालले मात्र होइन विश्वका हरेक राष्ट्रले तय र पालन गर्नुपर्ने विदेश नीति हो।

र यो हरेका राष्ट्रहरुको सहसम्बन्धको मेरुदण्ड पनि हो। यो नीति मात्र हरेक राष्ट्रले पालन गर्ने हो भने संयुक्त राष्ट्रसंघलगायत कुनै पनि अन्तर्राष्ट्रिय संघ संस्थाहरुले युद्ध सम्बन्धी कुनै पनि प्रस्ताव पास गर्नुपर्ने अवस्था नै आउँदैन वा नआउन सक्छ।

यो अनाक्रामण परराष्ट्र सिद्धान्त हो। अर्थात् यो युद्ध विरोधी अनाक्रामण परराष्ट्र सिद्धान्त हो। र यो आत्मरक्षाको वैधानिक अन्तर्राष्ट्रियस्तरको सिद्धान्त पनि हो।

यो आक्रमण गर्न निषेध र आक्रमणकारीलाई धपाउन पाउने वैधानिक हक अधिकारलाई सुनिश्चित गरिएको संसारका सबै राष्ट्रहरुको लागि नेपालका पदका श्री ५ बडामहाराजाधिराज क्षमताका बडानेता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहाको विश्वस्तरको विदेश सिद्धान्तको वैचारिक उपहार हो। र यो नेपालको कहिल्यै असान्दार्भिक नहुने बौद्धिक सम्पति पनि हो।

पृथ्वीविचारको जाइकटक नगर्नुको अर्थ महत्व बुझेर नै पञ्चशीलको सिद्धान्त पारित गर्ने इन्डोनेशियाको वाङ्डुङ सम्मेलनले अनाक्रण र अहस्तक्षेपका दुई महत्वपूर्ण बुँदा राखेको थियो पञ्चशीलको सिद्धान्तमा।

पञ्चशीलका दुई महत्वपूर्ण बुँदा अनाक्रमण र अहस्तक्षेप हाम्रा पृथ्वीविचार हुन्। त्यसैले जहिले पनि पञ्चशीलको सिद्धान्तमा हाम्रो पृथ्वीविचारको झण्डा फहराइरहेको छ। धेरै देशले पारस्परिक दौत्य सम्बन्ध कायम गर्दा पञ्चशीलका प्रमुख दुई बुँदा अनाक्रमण र अहस्तक्षेप राखेका हुन्छन्।

जाइकटक नगर्नु झिकिकटक गर्नु भनेका यिनै हुन्। यसरी पृथ्वीविचार अन्तर्राष्ट्रिय सम्मेलनबाट अघोषितरुपमा अनुमोदित भएर अन्तर्राष्ट्रिय विचार भएको छ।

यसले पनि पुष्टि हुन्छ कि पृथ्वीविचार अन्तर्राष्ट्रियस्तरको विचार हो। पृथ्वीविचारलाई कुनै भौगालिक तथा राजनीति सीमाले बाँध्न सक्दैन। युगीन सीमाले पनि छेक्न सक्दैन। यो विश्वव्यापी सान्दर्भिक हुने हरेक आजको निरन्तर ताजा विचार हो।

संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्र नेपालमा जन्मिएको युद्ध हुन नदिने अर्थात जाइकटक नगर्नु भन्ने पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघको विदेशनीति सम्बन्धिको आधिकारिक विचार बनाउन यसको बडापत्रमा सामेल गर्नु पर्दछ। विश्वमा युद्ध होइन शान्ति चाहिएको छ।

शान्तिलाई सुनिश्चित गर्ने शान्तिको पक्षपाति विदेश नीतिको पृथ्वीविचार र शान्तिका नायक गौतम बुद्धसमेत जन्मिएको नेपालले अघि सारेको विचार संयुक्त राष्ट्रसंघले आफ्नो विचार बनाएर बढ्नु सबै किसिमले उचित र सान्दर्भिक हुन्छ।तसर्थ संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरुलाई पालना गराउने नीति एव विचारका रुपमा पृथ्वीविचारको विदेश नीतिलाई संयुक्त राष्ट्रसंघको विचार बनाउनु पर्दछ।

कुनै पनि राष्ट्रले अर्को राष्ट्रमा आक्रमण र हस्तक्षेप नगर्ने हो भने युद्ध हुने परिस्थिति बन्दैन र युद्ध पनि हुँदैन। तसर्थ के बुझ्नु पर्दछ भने विश्वमा युद्धको बाटो नै बन्द गरिदिने अभेद्य वैचारिक चट्टान हो पृथ्वीविचार। यसकारण पनि विश्वको शिखर सगरमाथाको देशबाट जन्मिएको युद्ध विरोधी शान्ति पक्षीय विदेश नीतिको शिखर पृथ्वीविचारले सहि नेतृत्व दिन्छ।

आन्तरिक रुपमा अन्याय हुन नदिने अन्यायरहित समाजव्यवस्थाको सुनिश्चित गर्ने र वाह्यरुपमा अनाक्रमक विदेश नीति अवलम्वन गर्ने हो भने कुनै खाले पनि युद्ध भड्कन पाउँदैन।

सबै खाले आन्तरिक तथा वाह्य अन्याय समाप्त पारेर लाने हो भने वा त्यस्तो परिस्थिति निर्माण गरेर लाने हो भने स्वभाविकरुपमा युद्ध र द्वन्द्व समाप्त भएर जान्छन्। यसबाट पृथ्वीविचारको व्यपकता, सान्दर्भिकता र प्रभावकारिता प्रमाणित भएर जान्छ।

विश्वशान्ति र मानावजातिको लागि गम्भीर खतरा भइरहेको आणविक युद्धको संकटलाई पनि टार्न सक्ने वैचारिक अश्त्र भनेको नै पृथ्वीविचार हो। जाइकटक नगर्नु भन्ने नेपालले विश्वलाई दिएको वैचारिक अश्त्रको मर्म र अर्थ आणविक अश्त्रसम्पन्न मुुलुकहरुले बुझेर यसको सही किसिमले परिपालन गरेमा आणविक आक्रमण याने जाइकटक रोकिन सक्छ।

पृथ्वीविचारले अघि सारेको जाइकटक नगर्ने खासगरी आणविक अस्त्रसम्पन्न मुलुकहरुले अरुलाई जाइकटक नगर्ने नीति कडाइका साथ पालन गरेपछि नै विश्व आणविक युद्धबाट मुक्त हुनसक्छ। आणविक युद्धलाई टार्ने बलियो वैचारिक आधार पृथ्वीविचार हो।

संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्र नेपालमा जन्मिएको युद्ध हुन नदिने अर्थात जाइकटक नगर्नु भन्ने पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघको विदेशनीति सम्बन्धिको आधिकारिक विचार बनाउन यसको बडापत्रमा सामेल गर्नु पर्दछ। विश्वमा युद्ध होइन शान्ति चाहिएको छ।

शान्तिलाई सुनिश्चित गर्ने शान्तिको पक्षपाति विदेश नीतिको पृथ्वीविचार र शान्तिका नायक गौतम बुद्धसमेत जन्मिएको नेपालले अघि सारेको विचार संयुक्त राष्ट्रसंघले आफ्नो विचार बनाएर बढ्नु सबै किसिमले उचित र सान्दर्भिक हुन्छ।

संयुक्त राष्ट्रसंघमा सदस्य रहेका अधिकांश राष्ट्रहरु नजन्मिएका, अस्तित्वमा नआएका वा राजनीति रुपमा स्वतन्त्र नभएकै अवस्थामा जन्मिएको नेपाल आफैंमा थोरै संख्यामा रहेका जेठा राज्य समूहमा पर्दछ।

जेठो सदस्य राष्ट्र मध्येका जेठा नेताले अघि सारेको विदेश नीति सम्बन्धीको विचार समय र प्रभावकारीताको हिसावले पनि जेठो नै छ। तसर्थ युद्ध रोक्न सक्ने पृथ्वीविचारको जेष्ठता र श्रेष्ठतालाई बुझ्दै जाइकटक नगर्ने अनाक्रमण नीतिलाई विश्वनीति बनाउन संयुक्त राष्ट्रसंघले उदासिनता देखाउनु हुँदैन।

नेपालका सबै पक्षहरु एकजुट भएर राष्ट्रिय सहमति बनाएर नेपालको पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघमार्फत विश्वविचार बनाउन आक्रमक भएर लाग्नु पर्दछ। यसले नेपालको गौरवलाई थप उचाइमा लैजान्छ ।

नेपाली सौर्यको विश्वव्यापी पहिचान स्थापित भएको प्रतिनिधि नाम गोर्खा वा गोर्खालीको शान र सार त पृथ्वीनारायण शाह नै त हुन्। यो बल याने सौर्य क्षेत्र हो जसले प्रसिद्धि कमाएको छ। अव उनको बौद्धिक क्षेत्रलाई यसरी नै प्रसिद्धिको शिखरमा लैजानै पर्छ राष्ट्रिय गौरवको लागि पनि।

पृथ्वीविचारले सबै खाले आक्रमण र हस्तक्षेपको विरोध गर्दछ। पृथ्वीविचारले बन्दुकको आक्रमणको मात्रै विरोध गर्दैन। धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत विविध क्षेत्रमा प्रतक्ष अप्रत्यक्ष हुने वाह्य आक्रमण र हस्तक्षेप सबै पृथ्वीविचारका जाइकटक हुन् आक्रमण नै हुन्।

अहिले व्याह्य आक्रमणका स्वरुप र शैली फेरिएको छ। मह भनेर बिष भएर आक्रमण र हस्तक्षेप बढाएका छन्। मुखमा राम राम बगलीमा छुरा भएर छिरेका छन् र थाहा नै नपाई त्यो मुलुकाको मूल्य, मान्यता, एकता परम्परा धर्म संस्कृति चिरा चिरा पारेका छन्।

विकासको नाममा गैह्रसरकारी संस्थामार्फत महमा मन्द बिष घोलेर पठाएका छन्। जात, नाक, धर्म, क्षेत्र, भाषा, पहुँच, लिंग, संविधान, नागरिकता, सत्ता आदि जे भन्दा द्वन्द्व बढाउन सकिन्छ लगानी त्यो क्षेत्रमा केन्द्रित गरेका छन्। नेपाल अहिले अनेक क्षेत्रमा जाइकटकको शिकार भएको छ।

तर यो बाह्य विकारलाई झिकिकटक गर्ने पृथ्वीनारायणका विरासत कोही देखा परेका छैनन्। बरु जाइकटकलाई निम्तो दिन र रातो कार्पेट आछ्याएर स्वागत गर्न तँछाडमछाडमा देखिन्छन्।

पृथ्वीनारायणले बन्दुक र बाइबल मार्फत भएका दुबै जाइकटकलाई झिकिकटक गरेर मुलुकको स्वाधीनता र मौलिकता बचाएकोबाट कसैले पनि पाठ सिकेको पाइएन।

जाइकटक नगर्नु झिकिकटक गर्नु हमला हस्तक्षेप नगर्ने र हमला हस्तक्षेप नसहने हमलाकारीलाई धपाउने पृथ्वीविचारको शान्ति र स्वधीनताको पाटो र बाटो भएकोले यो न्यायपूर्ण विश्व व्यवस्थाको मूलबाटो हो। यो नेपालको मूलबाटो थियो र हो।

मूलबाटो छोडेर भूलबाटो हिड्ने महाभूल नेपाली राजनीतिले गरेकोले नै नेपाल विगत केहि दशक देखि वाह्य हस्तक्षेपको शिकार भइरहेको छ चौतर्फी क्षेत्रमा।

यस्तो देखिने नदेखिने हस्तक्षेपले नेपाललाई बलियो बनाउँदैन। यसले त नेपाललाई टटुाउँछ फुटाउँछ र कमजोर बनाउँदै नेपाललाई अस्तित्वविहीन बनाउन सक्छ। नेपाललाई त्यसो हुनबाट जोगाउने भनेको नै पृथ्वीविचारको झिकिकटकको पाटोलाई सकृय गराउने नै हो।

जसले सबैखाले आक्रमण र हस्तक्षेपलाई निषेध गर्न सकोस धपाउन सकोस्। जाइकटकलाई निष्कृय गराउने र झिकिकटकलाई सकृय गराउने हो। यसले मात्रै नेपाल जोगाउन र जगाउन सक्छ भन्ने सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *