सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, भाेलि सार्वजनिक बिदा

डिसी नेपाल
२६ भदौ २०८० १०:५५
25.9k
Shares

काठमाडौं। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि हो।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो। उनको विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ। उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *