अमेरिकी राष्ट्रपति माथि भ्रष्टचारको आरोप, महाअभियोगका लागि छानबिनको अनुमति
वासिंग्टन डिसी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन्।
अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन्। विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन दिएका हुन्।
म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, ‘म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस कमिटीहरूलाई निर्देशन दिइरहेको छु।’
म्याकार्थीले हाउस ओभरसाइट र एकाउन्टेबिलिटी कमिटीका अध्यक्ष जेम्स कमरले अनुसन्धानको निरीक्षण गर्ने बताए। हाउस न्यायिक समितिका अध्यक्ष जिम जोर्डन र हाउस वेज र मीन्स समितिका अध्यक्ष जेसन स्मिथले जेम्स कमरलाई सहयोग गर्नेछन्। तर, ह्वाइट हाउसले महाभियोग अनुसन्धानको विरोध गरेको छ।
समाचार अनुसार बाइडेनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति कार्यालयमा रहँदा आफ्ना छोरा हन्टर बाइडेनलाई विदेशी व्यापारमा फाइदा पुर्याएको आरोप छ। रिपब्लिकनहरूले पनि यस वर्ष लामो समयसम्म यस विषयमा अनुसन्धान गरेका थिए, जसमा बाइडेन विरुद्ध प्रमाण फेला पर्न सकेका थिएनन्।
तर, मंगलबार म्याकार्थीले प्रमाण ल्याउने बताए। म्याकार्थीले भने कि रिपब्लिकनहरूले फोन कल र पैसा स्थानान्तरणसहित अन्य प्रमाणहरू प्रस्तुत गरेका छन् जसले बाइडेन परिवार विरुद्ध भ्रष्टाचारको मुद्दा बनाउँदछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment