नवाज शरीफ अक्टोबर २१ मा पाकिस्तान फर्कने
काठमाडौं । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता नवाज शरीफ अक्टोबर २१ मा बेलायतबाट पाकिस्तान फर्कने भएका छन् ।
उनका कान्छो भाइ तथा देशका पूर्वप्रधानमन्त्री शाहबाज सरिफले मङ्गलबार नवाज शरीफ आगामी चुनावमा आफ्नो पार्टीको राजनीतिक अभियानको नेतृत्व गर्न स्वदेश फर्किने बताएका छन् ।
नवाज सरिफ नोभेम्बर २०१९ देखि लण्डनमा स्वघोषित निर्वासन जीवन बिताइरहेका छन्।
“नवाज शरीफ अक्टोबर २१ मा पाकिस्तान फर्कनेछन्,” शाहबाज सरिफले लन्डनमा पीएमएल (नवाज)का वरिष्ठ नेताहरूसँगको भेटपछि एक विज्ञप्तिमा भने।
शाहबाज सरिफले पीएमएल (नवाज)का संस्थापकलाई आफ्नो देश फर्किएपछि भव्य स्वागत गरिने बताए ।
नवाज सरिफलाई सन् २०१८ मा अल-अजिजिया मिल्स र एभेनफिल्ड भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो।
नवाज शरीफ अल-अजिजिया मिल्स मामिलामा लाहोरको कोट लखपत जेलमा सात वर्षको जेल सजाय काटिरहेका थिए, जब उनलाई मेडिकल आधारमा लन्डन जान अनुमति दिइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment