पुटिन र किम जोङ उनको भेटवार्तामा नयाँ सहयोगको बाचा
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा छन् । किम जोङ उनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् ।
यो भेट सन् २०१६ मा बनेको रुसको अन्तरिक्ष केन्द्र भास्टोचनी कोस्मोड्रोममा भएको थियो । तस्बिरमा पुटिनले किम जोङ उनलाई रुसको अन्तरिक्ष केन्द्र देखाउँदै गरेको देख्न सकिन्छ ।
उत्तर कोरियाले आफ्नो स्याटेलाइट प्रविधिमा काम गरिरहेको छ । यस वर्ष उत्तर कोरियाले प्रक्षेपण गरेका दुईवटा जासुसी उपग्रह दुर्घटनाग्रस्त भएका थिए ।
स्पेस सेन्टरमा हुन लागेको बैठकको बारेमा पुटिनले भने, “हामी यहाँ भेटिरहेका छौं किनभने किम जोङ उनको रकेट इन्जिनियरिङमा ठूलो रुचि छ।”
किम जोङ उनसँगै उनकी बहिनी किम यो जोङ पनि रुसको भ्रमणमा छन् । यस भेटमा दुवै देशका वरिष्ठ नेताहरु पनि सँगै देखिन सक्नेछन् ।
यस क्रममा किम जोङ उनले भने, ‘हामी पुटिनलाई हरेक मुद्दामा समर्थन गर्छौं ।’ पुटिनले उत्तर कोरियासँग हरेक मुद्दामा वार्ता गर्ने बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment