एयरबसले पहिलो सी-२९५ विमान भारतीय वायुसेनालाई सुम्पियो
काठमाडौं । एयरक्राफ्ट निर्माता एयरबसले बुधबार पहिलो सी-२९५ विमान भारतीय वायुसेनालाई हस्तान्तरण गरेको छ।
भारतीय वायुसेनाको विमानलाई अत्याधुनिक बनाउन दुई वर्षअघि २१ हजार ९३५ करोड रुपैयाँको विमान सम्झौता भएको थियो ।
यस अनुसार एयरबस डिफेन्स एन्ड स्पेस कम्पनीले भारतीय वायुसेनालाई ५६ सी–२९५ विमान हस्तान्तरण गर्नुपर्नेछ ।
यो विमान स्पेनको सेभिल सहरमा वायुसेना प्रमुख एयर चिफ मार्शल वीआर चौधरीलाई हस्तान्तरण गरिएको हो ।
यस सम्झौता अन्तर्गत विमान निर्माता एयरबसले सन् २०२५ सम्ममा सेभिलस्थित आफ्नो उत्पादन केन्द्रबाट उडान गर्न सक्ने १६ वटा विमान उपलब्ध गराउनु पर्ने छ ।
र बाँकी ४० विमान दुई कम्पनीको सहकार्यमा भारतको टाटा एडभान्स सिस्टम्सको उत्पादन केन्द्रमा निर्माण र एसेम्बल गरिनेछ।
गत अक्टोबरमा, प्रधानमन्त्री नरेन्द्र मोदीले वडोदरामा निर्माण केन्द्रको शिलान्यास गरेका थिए, जहाँ निजी कम्पनीहरूको उद्यममा पहिलो पटक सैन्य विमानहरू निर्माण हुनेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment