राष्ट्रिय सभाबाट सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौं। राष्ट्रिय सभाले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो ।
गत मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ ।
उनी संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment