युवाहरुलाई तालिम दिएर स्वदेशमा नै टिकाउने काम गर्छौँ : मुख्यमन्त्री जम्मकट्टेल

डिसी नेपाल
५ असोज २०८० २१:१३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । बागमती प्रदेश युवा परिषद्ले आयोजना गरेको तालिमको उद्घाटन प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले युवाहरुलाई कृषि क्षेत्रमा तालिम र रोजगारी दिने बताए । समुदायमा आधारित कृषि उत्पादनमा जोड दिँदै अनुदान पनि दिने र खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा प्रदेश सरकार लागिपरेको उनले बताए ।

उनले अब कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी उत्पादन वृद्धिका लागि कृषि र पशु प्राविधिकहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । हरेक स्थानीय तहमा मोडलका रुपमा तालिम दिएर सिप सिकाउने र युवाहरुलाई स्वदेशमा नै टिकाउने काम गर्ने पनि उनले बताए ।

यस्तै, कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले युवा स्वयंसेवकहरुले स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेकोमा आफुखुसी रहेको बताइन् ।

कार्यक्रमका अध्यक्ष एवं परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईँले युवाहरुले आफ्ना क्षेत्रमा कामलाई महत्पूर्ण रुपमा गरेको भन्दै धन्यवाद व्यक्त गरे । युवाहरुलाई राज्यले के दियो भन्दा पनि हामीले राज्यका लागि के दियौ भन्ने उद्देश्यका साथ स्वयंसेवकहरुले काम गरेको उनले उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *