सबै हिसाबले नेपालको भूमि उर्वर छ : राष्ट्रिसभा अध्यक्ष तिमिल्सिना
नवलपरासी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताएका छन् । उनले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रमा उहाँले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताए । “आफ्नो मौलिक धर्म, संस्कृतिलाई बचाउन सबै लाग्नुपर्छ, नेपाल एक यस्तो फूलबारी हो जहाँ सबै प्रकारको फूल फुल्छन्, कुनै पनि धर्ममा हुने कुरीति तथा भेदभाव हामीलाई माथिबाटै हाम्रा भगवान्ले सिकाएर पठाएको होइन, धर्मका नाममा हुने कुरीति तथा भेदभावलाई सबै मिलेर अन्त्य गर्नुपर्छ”, उनले भने ।
नेपालमा पनि कतै–कतै धर्मका नाममा द्वन्द्व हुने अवस्था देखियो तर त्यसो हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाइ थियो । “नेपाल एक सुन्दर र एकताको बगैँचा हो, यसलाई कायम राखिरहन सबै लाग्न आवश्यक रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “सबै धर्मको आस्थाको आधारमा अगाडि बढ्नुपर्छ न कि एकले अर्कालाई हेला गर्ने, दबाउने वा अशिक्षा, गरिबीको नाममा कसैको आस्थालाई परिवर्तन गराउने काम गर्नु भएन, सबैको सम्मान, इज्जत र कदर गर्नुपर्छ ।”
धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नका लागि सबै धर्मका गुरुहरूलाई कार्यक्रममा बोलाइएको थियो । यस्तै एकता तथा शान्तिको सन्देश दिनका लागि परेवा उडाइएको थियो । अध्यक्ष तिमिलसिनाले सुस्ताको झोलुङ्गे पुलको समेत आवलोकन गरेका थिए । उनले नेपाल–भारतबीचको भूमि विवाद हुने ठाउँ सुस्तामा पुग्नका लागि नारायणी नदीमा बन्दै गरेको झोलुङ्गे पुलको अवलोकन गरेका हुन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment