कविता : हरपल समय

दिनेश घिमिरे
७ असोज २०८० ११:२१

हरपल समयसँग जीवन सिक्दैछु
हरपल अनुभबहरूलाई कथा बनाउँदैछु
हर दिन हर रात मलाई सिकाइ रहेछन्
जीवितहरूको कहानीका आधारहरू।

हरपल समयसँग कलम सिक्दैछु
अनुभूतिका हरेक बिम्महरूलाई
हर दिन हर रात मलाई सिकाई रहेछन्
मानवीय स्वभाबका हरेक आधारहरू।

हरपल समयसँग स्वभाब सिक्दैछु
यन्त्रवत् हरेक सम्बन्धको अर्थबाट
हर दिन हर रात मलाई सिकाइ रहेछन्
जीवित रहनसहनका हर बिम्बहरू।

हरेक समयसँग बिचार सिक्दैछु
पल पलमा प्राप्त आचरणहरूले
मलाई समययको राग सिकाउँदैछ
हरेक सम्बन्धको अर्थ सिकाउँदैछ।

हरेक समयसँग अबस्था सिक्दैछु
पल पलमा प्राप्त अनुरागबाट
आफैंमा यसको अर्थ बनाउँदै
समय मलाई कारण सिकाउन
हर पल पलमा सेकिरहेछ।

हरेक समयसँग सम्बन्ध सिक्दैछु
पल पलमा प्राप्त अनुभवहरूलाई
आफ्नै कसीमा अनि आफ्नै निम्ति
समय मलाई ब्याख्या सिकाइरहेछ
हर पल पलमा जीवन सिकाइरहेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *