कांग्रेस बैठकमा सरकार र नेतृत्वको आलोचना

डिसी नेपाल
८ असोज २०८० १३:५६

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सरकारको आलोचना भएको छ। बैठकमा आफ्नो धारणा राख्ने क्रममा सदस्यहरुले सरकारको आलोचना गरेका हुन्।

बैठकमा बोल्दै केन्द्रीय सदस्य सरिता प्रसाईंले दैनिक उपभोग्य बस्तुको मूल्य बढ्दा सरकारको ध्यान त्यसतर्फ जान नसेको बताइन्। जनताले सरकारको भएको अनुभव गर्न नपाएको भन्दै सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरिन्।

‘महंगी अचाक्ली बढेको छ। सरकारले के हेरेर बसेको छ । जनताले सरकार भएको नभएको अनुभव गर्न पाएका छैनन्। प्रधानमन्त्री माओवादीको हुनुहुन्छ। तर जनताले ठूलो दलको हैसियतले सरकारका कामको जिम्मा कांग्रेसले लिनुपर्ने बताउन थालेको छन्।’

पछिल्लो समय उपभोक्ता र व्यवासाय मारमा परेको भन्दै उनीहरुको पक्षमा सरकारको केही गर्न नसकेको बताइन्। प्रसाईंले माओवादी लडाकुबाट नेपाली सेनामा समायोजनमा गएका उपरथी यमबहादुर अधिकारीको फेरि म्याद थप गरिएकोप्रति आपत्ति जनाइन्।

उनले रक्षा मन्त्रीलाईसमेत जानकारी नदिइ म्याम थप भएको भन्दै आपत्ति जनाएकी हुन्। सेना समायोजन गर्दा एकै खालको सेना बनाउने भन्ने भए पनि माओवादीबाट गएकै कारण सहायक रथी अधिकारीको म्याद थपिएको भन्दै उनले विरोध जनाइन्। उनले सो विषयमा पार्टी उपसभापतिसमेत रहेका रक्षा मन्त्री पूर्णबहादुर खड्काको ध्यानाकर्षण गराएकी थिइन्।

बैठकमा केन्द्रीय सदस्य डा. नारायण खड्काले नयाँ नेतृत्वले मात्रै पार्टीको विद्यमान संरचनालाई परिवर्तन गरेर अगाडि लैजान सक्ने बताए।
उनले यो पार्टीको विधानमा सभापतिलाई कुन तरिकाले लाने भन्ने बारे सोच्नु पर्ने बताए।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गर्नु उचित नभएको बताए। उनले केन्द्रीय समितिमा उठेका कुरा बाहिर लैजाने विषय नभएको भन्दै उनले कांग्रेसको बैठक रावणको नावीमा भएको अमृत जस्तै हुनुपर्ने बताए।

भण्डारीले युवा पलायतप्रति सरकार मुकदर्शक बनेको आरोप लगाए। उनले युवा मुलुकमा नबस्दा त्यसले देशलाई ठुलो असर गर्ने बताए।
हरेक कुराको नेतृत्व नेपाली कांग्रेसको वरिपरि घुमेको र त्यसलाई गम्भीरता पूर्वक लिनु पर्ने उनको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *