अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको छ : ओली

डिसी नेपाल
९ असोज २०८० १८:२५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसंग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका हुन् ।

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको विषय भएको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि पनि देखिँदा पनि व्यवसायीहरुको समस्यामा सरकारले कुनै चासो नदेखिएको जिकिर गरे ।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढकेल्ने गरि बजेट ल्याउदा केहि व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफुलाई आश्चर्य लागेको उनले बताए ।

अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउँदा पनि सरकार विभिन्न प्रकरण चलाउदै कमिशनको चक्करमा लागेको आरोप लगाए । उनले सुनतस्करी प्रकरणमा भरिया नभएर लगानी गर्ने वास्तविक मालिकको खोजि गर्नुपर्ने धारणा राखे ।

ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफुले राष्ट्र बैंक लगायत सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *