प्रधानमन्त्री दाहाल आज मानसरोवर जाँदै

डिसी नेपाल
११ असोज २०८० ७:१३

ल्हासा (चीन)। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गंगा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्। कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन्।

बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *