एमाले कोशी प्रदेशः अध्यक्षमा खतिवडा र ढकालको उम्मेदवारी, मतदान आइतबार

डिसी नेपाल
१३ असोज २०८० १८:४५

मोरङ । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

अधिवेशनमा शनिवार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिए । उनले आइतबार बिहान देखि मतदान भई बेलुकासम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताए ।

अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया शुरु भएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारी सहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्ने बताइएको छ । सहमतिको प्रयास असफल भएपछि अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।

मतदान आइतबार बिहान ११ बजेबाट हुने रानाले जानकारी दिए । अधिवेशनमा १३७ वटा पालिका सहित विभिन्न जनवर्गिय संगठन, दलित, मजदुर प्रतिनिधि गरी ९ सय ९७ जना मतदाता रहेको छ । अधिवेशनमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *