नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

डिसी नेपाल
१५ असोज २०८० १०:५२
4
Shares

टिकापुर। नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेसनको मिति तय गरेको छ । जसअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६(२८ गतेसम्म टिकापुर, कैलालीमा हुने भएको छ ।

साथै, हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाल चौधरीलाई दिने निर्णय पनि गरेको छ ।

हाल सो पार्टीको अध्यक्ष उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी छिन, जो संङघीय सरकारमा भुमी सुधार मन्त्रीको जिम्मेवारीमा छिन्। चौधरी मन्त्री भएकाले महाधिवेसनमा काम गर्न नभ्याउने भए पछि श्रीमान चौधरीलाइ सम्पुर्ण कार्यकारी अधिकार दिइएको सो पार्टीले जनाएको छ ।

यसैगरी, पुस २६–२८ सम्म हुने महाधिवेशन तयारीका लागि विभिन्नa १५ वटा उपसमिति समेत गठन गरिएको सो पार्टीले जनाएको छ । जसअनुसार राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, निर्वाचन समितिमा दामोदर पण्डित, आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

साथै, साँस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरीले जिम्मेवारी पाएका छन भने अतिथि सत्कार समितिमा धर्मबहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डाक्टर सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारुलाइ जिम्मेवारी दिएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *