एसियाड क्रिकेटः नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं। आज नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ। चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुनेछ। नेपाली समय अनुसार बिहान ६ः४५ बजेबाट सो खेल सुरु हुनेछ।
एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो। कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए। जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा हुन लागेको हो।
नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment