सरकारले भ्रष्टचारको फाइल खोल्छु भन्दै ‘ब्ल्याकमेलिङ’ गर्दैछः ओली

डिसी नेपाल
१६ असोज २०८० १६:१८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचारको छानबिन गर्छु भनेर ‘ब्ल्याकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्लाकमेलिङमा लागेको उनको आरोप छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर भनेर सरकारले ब्लाकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्धा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्धा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’

ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्ल्याकमेलिङ’ लागेको भन्दै गम्भिर हुनु पर्ने जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *