कुवेतमा नेपालीले देखाए रमिता,कार्यक्रममा हुलदंगा (भिडियोसहित)

डिसी नेपाल
२१ असोज २०८० १०:०४

कुवेत। कुवेतको फर्वानयास्थित नैसाद होटेलमा नेपाली केही समूहले आपसी झगडा गरी रमिता देखाएका छन्।

विभाजित भई बनेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको २०२३-२०२५ कार्यकालको कार्यसमितिको सपथ ग्रहण तथा वार्षिक कार्ययोजना प्रस्तुतीकरण, प्रेस मिट कार्यक्रम अक्टाेबर ५ मा हुलदंगा गरी आपसमा झगडा हुँदा त्यस्तो रमिता भएको हो।

कार्यक्रममा एनआरएनएको अर्को समूहका अध्यक्ष रणध्वज लामा पनि अतिथि बक्ताका रुपमा बेलाइएका थिए तर कार्यक्रम शुरु भएलगत्तै एकहुल नेपाली युवा प्रवेश गरी एनआरएनएका नाममा राजनीति गर्न नपाइने भन्दै आयोजकको व्यानर च्यातच्युत पारिदिएको थियो। यो घटनाले कार्यक्रम त विथोलियो नै आयोजक र अर्कोसमूहबीच चर्को वाद विवाद पनि भएको थियो।

कार्यक्रम विथोलिएपछि आयोजक पक्षको एनआरएनए कुवेतका सचिव कृष्ण केसीले एक विज्ञप्ति जारी गरी रणध्वज लामाको समूहले व्यानर च्याती हुलदंगा गरेको र आफ्नो समूहलाई धम्की दिएको आरोप लगाएका छन्।

उनले अर्को समूहका अध्यक्ष लामालाई ‘गुण्डा’ भन्दै विज्ञप्तिमा अराजक कार्यको घोर भत्सर्ना गरेको उल्लेख गरेका छन्।

हेर्नुहोस् भिडियो

Facebook




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *