अञ्जु पन्तको हिन्दी गीत ‘जिन्दगीकी राहो मे’मा मिसेल र आरकेको रोमान्स
काठमाडौं। बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बरिष्ठ गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको संगीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन्।
जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। पर्यटर्कीय स्थल खप्तडमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाइ देखाइएको छ।
भिडियोमा मोडलद्वय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ। छानेर मात्रै निकै कम भिडियोको निर्देशन गर्ने निर्देशक गौरव गिरीले हिन्दी गीत जिन्दगीकी राहो मेमा निकै मेहेनत गरेको देखिन्छ।
भिडियो रिलिज गरेको केही घण्टामा नै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक गिरीले बताए। भिडियोको छायाकंन बसन्त कुँवर र सन्तोष कुँवरले गरेका हुन्। श्याम कुँवरले कलरिङ गरेको भिडियोको सम्पादन भद्र जंग कुँवरले गरेका हुन्।
भिडियो संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment