गजल : आखिर तिमीले

बालकुमारी घिमिरे गजलिका
२८ असोज २०८० १५:०३

भुलेर सारा कुरा विगतका नसा नसामा डुली तिमीले
बुझेर पीडा पुछेर आँखा दियौ मलाई खुसी तिमीले

असारको भेलले चुटेको म ढुङ्गोजस्तै थिएँ बगरको
दिएर शिक्षा मगज सिँगाऱ्यौ शिला कुँदेझैँ कुँदी तिमीले

बिछट्ट राम्रो छ केशराशि कोरेर चट्ट जुरो बनाई
लगाएमा झन् सुहाउनेछ टिपेर जाई जुही तिमीले

थिएँ बसेको थुनेर ढोका म आफ्नू छायाँ देखेर तर्सी
म भित्र हिम्मत निकै जगायौ हृदयको धड्कन बनी तिमीले

इमान भुल्दा सबैले आफ्नो बढ्यो धरामा विषाक्तपन खुब
पखाल्नुपर्ने छ द्वेष सारा अमृत घडामा भरी तिमीले

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *