कालोपुलमा सञ्चालनमा आयो नेपालकै पहिलो बालबालिकाका लागि ब्लुम पार्क क्लिनिक

डिसी नेपाल
२८ असोज २०८० १९:१७

काठमाडौं। काठमाडौंको कालोपुलमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित भएका बालबालिकाका लागि ब्लुम पार्क क्लिनिक सञ्चालनमा आएको छ। आइतबार एक कार्यक्रमबीच क्लिनिक उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा तीनजना बालबालिकाले विशेष प्रस्तुति दिएका थिए। सो अवसरमा आफ्ना बालबालिकाले भोग्नुपरेको अवस्थाबारे अभिभावकसँग अन्तरक्रिया पनि सम्पन्न भएको थियो। क्लिनिकमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पनि सहयोग प्रदान गर्दै आएको दाहालको भनाइ छ। उनले आगामी दिनमा क्लिनिकले सामुदायिक क्षेत्रमा पनि प्रभाव पार्ने कार्यक्रमको योजना रहेको बताइन्।

यो एक प्रकारको पेडियाट्रिक मल्टी स्पेसियाल्टी क्लिनिक भएको स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट निलम लामा दाहालले जानकारी दिइन्। यहाँ आक्युपेसनल थेरापी, स्पिच ल्याङ्ग्वेज थेरापी, बिहेभिएर थेरापी, फिडिङ थेरापी, ओरल प्लेसमेन्ट थेरापी र फिजियोथेरापीसम्बन्धी सेवा दिइने उनको भनाइ छ। नेपालमै पहिलोपटक ब्लुम पार्क क्लिनिकमा आयरस सेन्सरी इन्टिग्रेसन र ओरल प्लेस्नेट थेरापी सेवा उपलब्ध रहेको छ।

एक वर्षअघि चारजना महिला थेरापी चिकित्सकद्वारा सञ्चालनमा आएको क्लिनिकमा करिब २६० जना बालबालिकालाई थेरापी चिकित्सा सेवा प्रदान गरिएको दाहालले बताइन्। बालबालिकामा हुने शारीरिक विकासमा ढिलाइ, मानसिक सामाजिक अवस्था, अपांगतासँगसँगै न्युरोलोजिकल अवस्थाहरू जस्तै, अटिजम डाउन सिन्ड्रोम, लर्निङ डिसयबिलिटी, सेरीब्रल पाल्सीलगायतका विरामीले यो क्लिनिकबाट स्वास्थ्य सेवा लिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *