प्रमोद खरेलको प्रियसीमा प्रकाश सपुत र समीक्षाको अभिनय
काठमाडौं। गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ ।
सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो। भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ।
आफूले माया गरेको मान्छेले धोका दिएपछि एउटा प्रेमीले सबै कुरा त्यागेर हिँड्नु परेको अवस्थालाई निर्देशक निकेश खड्काले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। जसमा गायक तथा मोडल प्रकाश सपुत र समीक्षा पोखरलको अभिनय देख्न सकिन्छ।
भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन्। अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, पिरतीको खेल र ‘सानीलाई’ बजारमा ल्याइसकेका छन् भने उनका सिउँडीको काँडैमा र हामी नेपाली बोलका गीतहरु रिलिजको क्रममा रहेका छन्।
गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन्। सार्वजनिक गीतको भिडियो जन्मभूमी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment