पशुपति प्रसाद २ : भष्मे डन’ले गर्‍याे पशुपतिमा क्षमा पूजा

डिसी नेपाल
३० असोज २०८० १२:०१
496
Shares

काठमाडाैं। निर्देशक दिपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरिएको छ।

सिनेमाको निर्माण टिमले आयोजना गरेको क्षमा पूजा कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए।

लेखक तथा निर्माता लामिछानेले सिनेमाको पशुपति क्षेत्रमा करिब ६५ दिन छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमा पूजा गरिएको बताए। मान्छेबाट जान अन्जानमा गल्ती हुने भएकाले यदि त्यसो भएको भए भोलिमा दिनमा कुनै क्षति नहोस भनेर क्षमा पूजा गर्ने चलन रहेको उनको भनाइ छ।

सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले आफूले कुनै सिनेमाको लागि क्षमा पूजा गरेको पहिलो अनुभव भएको बताइन्। कहिले काहीँ नयाँ अनुभव गर्नुको मज्जा बेग्लै हुने बुझाइ उनको छ। उनले भनिन्-‘मैले आजसम्म धेरै सिनेमामा काम गरेको छु धेरै मन्दिरमा छायांकन गरेकी छु । तर, यो आफ्नो पहिलो पटक भएकाले पनि नौलो र अगल महसुस गरेकी हुँ।’

सिनेमामा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ। सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि उनी स्वयं हुन्। निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन्। सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *