राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ सार्वजनिक ( भिडियो )

डिसी नेपाल
२ कार्तिक २०८० १३:१४
80
Shares

काठमाडौं। गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्।

गीतमा शब्द, संगीत संयोजन र स्वर कर्ण स्वयंको रहेको छ। गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ।

म्युजिक अरेन्ज राजु शाहले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन्।

गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल ‘ज्ञानेश के कर्ण’ बाट सार्वजनिक गरिएको हो। यसअघि गायक कर्णले ‘म अनि तिमी’ बोलको गीत सार्वजनिक गरिसकेका छन्। नयाँ गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक कर्णले सबैलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *