समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीप्रति समर्पित गीत “शोक” सार्वजनिक
काठमाडौैं। इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक भएको छ।
समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान् गरेको पाइन्छ।
विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ। गीत पूर्वका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ।
वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment