फिल्म परदेशी-२ दोस्रो हप्तामा प्रवेश
काठमाडाैं। गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा परदेशी-२ आज शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ। पहिलो हप्ता दर्शकबाट अपार माया पाएको सिनेमाले दोस्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ।
निर्माण टिमका अनुसार सिनेमाले पहिलो हप्ता बक्सअफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ। सुरुवाती दिनमा औसत व्यापार गरेको सिनेमाले विकडेजबाट राम्रो पिकअप लिएको छ। दोस्रो सातामा पाएको शो सङ्ख्याले पनि दर्शकले सिनेमा रुचाएका छन्।
दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए।
दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन्। दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन्।
उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ। नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ ।
निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन्। मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment