झाक्रीजी र एनआरएनको चटक

सुनिता बस्नेत थापा, अमेरिका
४ कार्तिक २०८० ९:३०

पूर्वमन्त्री एवं कम्युनिष्ट नेतृ रामकुमारी झाक्री अहिले प्रवासी नेपालीहरु माझ चर्चित छन्। हालै काठमाडौंको सोल्टी होटलमा सम्पन्न एनआरएनएको सम्मेलन र चुनावका बेला उनले प्रवासी नेपालीहरुमाथि गरेको भद्दा टिप्पणी र त्यसपछि चुनामा एनआरएनए नेताहरुले देखाएको चटकले यो साता प्रवासी नेपालीहरु झक्झकिएका छन्।

पूर्वमाननीय झार्की संविधान निर्माण पनि सहभागी रहिछन्, सो कार्यक्रममा उनले नै पनि सगर्व सो कुरा बताइन् पनि। प्रवासी नेपालीहरुप्रति उनको आक्रोश यति चर्को थियो कि उनले प्राय सबैलाई रेष्टुराँमा काम गर्ने, भाँडा माझ्ने वा यस्तै केही भन्न भ्याइन् र त्यस्तो काम गर्नु नेपालीका लागि अपराध नै पो हो कि जस्तो गरी आफ्नो धारणा राखिन्।

उनले प्रवासी नेपालीहरुलाई जारी गरेको उर्दी अझ रोचक थियो। नेपालको राजनीति, शासन र विकास भए नभएको वा नेताको आचरण व्यवहार भए नभएको बारे प्रवासी नेपालीलाई बोल्ने अधिकार नभएकोले नबोल्न बरु आफू बसेको विदेशकै बारेमा चिन्ता गर्न उनको उर्दी थियो।

नेपालको परिवर्तनका लागि दुख गरेको, रगत पसिना बगाएको र त्यसो गरेवापत मृत्युको मुखबाट फर्किएकाले नेपालको चिन्ता आफू र आफूहरुले मात्र गर्न पाउने र प्रवासीले यसबारे बोल्नै नहुने उनको धारणा आयो त्यो पनि निकै आक्रोशसहित।

विदेश बस्ने नेपाली भाडा माझ्नमात्र गएका होइनन् भन्ने उनले बुझेको रहेनछ। दुखको कुरा यस्ता नेतृत्व मन्त्रीसम्म बन्न भ्याइसकेको छ। फेरि भाँडा नै माझे पनि त्यो आय आर्जनको काम हो र त्यसमा कुनै अपमानको कुरा छैन।

आत्मनिर्भरताको कदर नभएको देख्दा देश विकास हुन नसक्नुको कारण ठम्याउन गार्हो परेन। जहाँ श्रम र शीपको कदर नेतृत्व तहबाट नै कदर हुँदैन तब त्यही नेतृत्वले प्रवास जान नेपालीलाई बाध्य पार्छ।

झाक्रीले प्रवासी नेपालीहरुलाई जारी गरेको उर्दी अझ रोचक थियो। नेपालको राजनीति, शासन र विकास भए नभएको वा नेताको आचरण व्यवहार भए नभएको बारे प्रवासी नेपालीलाई बोल्ने अधिकार नभएकोले नबोल्न बरु आफू बसेको विदेशकै बारेमा चिन्ता गर्न उनको उर्दी थियो।

देशमा अवसरहरु आए उनी र उनीजस्ता सत्ता संचालकहरुका परिवारका मानिस पहिलो प्राथमिकतामा पर्दछन्। त्यस्तै नेतृत्वका आदर्श मानेका नेताका भाइ, भान्जा, भतिजा र पत्नीमात्र होइन साला, साली, छोरा छोरी मुलुकमा अवसर पाउने पहिलो दर्जामा परेका छन्।

नातावाद, कृपावाद, फरियावाद र घुसखोरी र भ्रष्टाचारका अवसर हात पारेर सत्ताको रापमा मस्ती मार्ने सत्ता संचालकहरुकै कारण सर्वसाधरणहरु अवसर विहीन भएर त्यसको खोजीमा पलायन हुनु परेको तीतो यथार्थ जवसम्म अन्धो र भ्रष्टाचारी नेतृत्वमा सुधार हुँदैन तबसम्म नेपालबाट युवाहरुको पलायन रोकिँदैन।

अनि वाध्यताबस आफ्नो मातृभूमि, पितृभूमिलाई छोड्नु परेको पीडाले दु:खी बनेकाहरुमा यस्ता अपमानजनक भनाइले प्रवासबाटै विद्रोहको विगुल फुक्न बाध्य बनाउँछ। यसपटक झाक्रीजीको अपमानले धेरै प्रवासीहरुको मन रुवाएको मात्र होइन आक्रेशित बनाएको छ।

नेपाली नेतृत्वले बुझ्न आनाकानी गरेको कुरा के हो भने बाध्यता या अवसर जे खोजेर भए पनि नेपाली विदेसिनुमा नेपाली नेतृत्वको ठूलो हात छ। नेपालको असफल राजनीतिले म र म जस्ता धेरै सन्तानहरुलाई प्रवास लखेटेको छ। कसैलाई सपनाको भारी बोकाएर त कसैलाई ऋणको भारी बोकाएर।

आफ्नो वर्कतले भ्याएसम्म पसिना बगाएर सुनौलो जीवनको सपना देख्नु राजद्रोह अवश्य होइन। बरु एक नेपाली संसारको अब्बल देशमा सक्षम हुनु र देशको नाम चिनाउनु देशको लागि फाइदा जनक नै होला। अहिले सञ्जालभरी पोखिएका अभिव्यक्तिहरु हेर्दा लाग्छ विदेसिनु अपराध हो।

अझै विदेसियका नेपालीहरु नेपालसँग जोडिन खोज्नु कसैको भाग खोस्न जानु हो जस्तो भान पार्न खोजियो। हुन त यो अवस्था सिर्जना गर्नलाई केही झोले एनआरएनको ठूलो हात छ।

जब कि विश्वव्यापी रुपमा नेपालीहरुलाई एकिकृत गर्न र सम्बर्धन गर्न खोलिएको संस्था नेपाली राजनीति दलहरुको झण्डा बोकेर हिँड्न थाले पछि तिनै दलका नेता नेतृलेले हप्की लाउनु नौलो कुरो होइन।

बिदेसिएका पहिलो पुस्ताको पलायन हुनुको प्रमुख कारण नै असफल नेतृत्व एवं अस्थिर राजनीति हो भन्ने जान्दा जान्दै पनि त्यही पार्टीहरुको शरण पर्न गएपछि हकारिनु ठूलो कुरो होइन।

अवसर खोजेर हिँडिसकेपछि र सपना पूरा गरिसके पछि घर देशकालाई पनि अवरसको प्रत्याभुति हुन दिनु हरेक बिदेसिएका नेपालीहरुको कर्तव्य हो भने मातृभूमि बसेका नेपालीहरुले पनि माटोको गन्ध बोकेका नेपालीहरु घर फर्किँदा दैलो खोलि दिनुपर्दछ।

नातावाद, कृपावाद, फरियावाद र घुसखोरी र भ्रष्टाचारका अवसर हात पारेर सत्ताको रापमा मस्ती मार्ने सत्ता संचालकहरुकै कारण सर्वसाधरणहरु अवसर विहीन भएर त्यसको खोजीमा पलायन हुनु परेको तीतो यथार्थ जवसम्म अन्धो र भ्रष्टाचारी नेतृत्वमा सुधार हुँदैन तबसम्म नेपालबाट युवाहरुको पलायन रोकिँदैन।

नेतृत्व तहको त न विश्वास हिजो थियो न आज। जब नेतृत्व नै श्रमको खिल्ली उडाउँछ। पेशाको अपमान गर्छ। त्यो नेतृत्वले कुन अवसरको प्रत्याभूति देला कठै! एक कर्मठ ‘सिपाही’को इमान्दारिता र कर्तव्य परायणतालाई सलाम गर्नुको साटो बुद्धि जोख्ने नेतृत्वको आशा गर्नु मुर्खता हो।

त्यसैले, अवसर खोज्दै बिदेसिएका,श्रम, शीप बेच्नेलाई एक झुण्ड विदेश बस्ने झोले र स्वदेशका असफल नेतृत्वले के भने के गरे भन्ने कुराले फरक पार्दैन। जन्मको नाता खोस्न र कर्म गर्न कसैले रोक्न सक्दैन।

तर, प्रवासमा बसेर नेपाली दलको राजनीति गर्ने र तिनलाई स्वाभिमान सुम्पनेहरुले हर्कत सच्याउनु जरुरी छ। यसबर्ष पनि केही प्रवासी चटकेहरुले नेपालमा चटक देखाइछाडे एनआरएनएको अधिवेशनको नाममा।

केही वर्ष यता हरेक दुई दुईबर्षको दशैंको अवसरसँगै नेपाली राजनीति पनि विश्वव्यापी रुपमा रनक्क तात्ने गरेको छ। विविध कारणले विदेसिएका नेपालीहरुलाई एकीकृत गर्ने उदेश्यले स्थापित गैरआवासीय नेपालीको संस्था एनआरएनएको चुनाव दशैं ताका पारिने गरेकोले मातृभूमि पसेका प्रवासी नेपालीहरुले दशैंको पूर्व सन्ध्यामा चटक देखाउने गरेका छन्।

हुन त कुनै पनि संघ संस्थाको जन्म राम्रो उदेश्यको लागि नै हुने गर्दछ एनआरएनएको उदेश्य पनि राम्रो नै होला तर अमेरिकामा करिव ३ चौथाइ नेपाली यो संस्थासँग परिचित छन् जस्तो लाग्दैन र यस बारे केहीले सुनेका छन् भने पनि चासो राख्ने गर्दैनन्।

किनकि अमेरिका काममा विश्वास गर्ने देश हो र यहाँको समय अति नै महत्वपूर्ण हुन्छ। केहीलाई छोडेर जति पनि नेपालीहरु श्रम, शीप र लगनमा विश्वास गर्छन् उनीहरुसँग फाल्टु समय नै छैन। उनीहरु आफै कर्मठ भएर आफ्ना गुणहरु बढाउने पढ्ने, पारिवारिक समय बिताउने, घुमघाम गर्ने जस्ता कृयाकलापमा व्यस्त हुन्छन्।

अर्को महत्वपूर्ण कुरा अमेरिकामा खुलेका संघ संस्थाहरु केही मात्र नेपालीहरुलाई एक सूत्रमा बाँध्न सफल छन् नत्र उही नाताबाद, कृपावाद, चीनजान, ओहोदाको रोगले ग्रसित छन्। जुन कुरा कति नेपालीहरुको नेपाल छोड्नुको पहिलो कारण हो।

त्यसैले पनि धेरैजसो कर्मठ नेपालीहरु संघ संस्थाको प्रवृत्ति देख्दा उही नेपालको असफल राजनीति सम्झेर तर्कने गर्दछन् अमेरिकामा। बरु आफ्नै मन मिल्ने र सोचाइ मिल्ने सानो घेरा बनाएर रमाउँछन्।

वास्तवमा कानुनी रुपमा बसेका नेपाली या कुनै पनि आप्रवासीलाई अमेरिकामा कसैको शरण नै पर्न पर्दैन। यो संस्था प्रमुख, त्यो संगठन प्रमुख भनेर ‘जी हजुरी’ चल्दैन अथवा गर्नै पर्दैन। कामको इज्जत छ। जे काम गरे पनि आफ्नो र आफ्नो परिवारको ज्यान पाल्न सक्नु इज्जतदार कुरा ठानिन्छ। आफ्नो विल तिर्न सक्नु नै स्वाभिमान हो।

त्यस्तै विरामी भएको खण्डमा या आकस्मिक अवस्थामा पनि ९११ कल गरी ज्यान बचाउन सकिन्छ। त्यसैले आश्रित हुन पर्ने अवस्था हुँदैन। यद्यपि धेरैजसो आफ्नो समाज संस्कारबाट भाग्न सक्दैनन्।

त्यसैले पनि केही नेपालीहरु नेपालसँग रहेको भावनात्मक सम्बन्ध भौतिकरुपमा पनि जोडियोस् भन्ने मोहले एनआरएनएजस्ता संस्थासँग जोडिएका छन्। धेरैजसो आफूहरु निस्कृय बसेर राम्रो नेतृत्व चुन्नलाई मात्र सदस्य बनेका छन्।

तर विगत केही वर्षदेखिको पदको खिचातानी, नेपालका राजनैतिक दलको संरक्षण अनि भड्किलो व्यबहारले अलि अलि विश्वास बोकेका अमेरिकन नेपालीहरु एनआरएनएसंग निराश भएका छन्।

जे भए पनि प्रवासी हुन् वा स्वदेशवासी नेपाली रगत एउटै हो। दुषित्जतिलाई पाखा लगाएर मूल सफा गर्न सके नेपालीजनको एकतालाई कसैले रोक्न सक्दैन। अवका लागि त्यस्तो नेतृत्व स्वदेश र प्रवास दुबैतिर आवश्यक छ । खाइस् र पाइस् भन्दा पनि नेपालभित्र बस्ने र बाहिर बस्नेको दरार एउटै झण्डाले जोड्न सकोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *