राजु र निशाको ‘तिमी पनि एक्लै म पनि एक्लै’ सार्वजनिक ( भिडियो )

डिसी नेपाल
४ कार्तिक २०८० १०:५५
128
Shares

काठमाडौं। गायिका निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत ‘तिमी पनि एक्लै म पनि एक्लै’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

यसअघि श्रेष्ठको शब्द संगीतमा रहेको ‘तिमीले साथ’, ‘आँखा वरिपरी’, ‘निष्ठुरी’, ‘के भयो तिमीलाई’ लगायात थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *